खोजमुलक समाचार लेखन कार्यशाला धादिङबेसीमा सुरु

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १२, २०७३

धादिङबेसी मंसिर १२ । खाद्य अधिकार बाँच्न पाउने अधिकारको आधार, खाद्य अधिकार विषयकमा अधिकारमुखि तथा खोजमुलक समाचार लेखनसीप अभिवृद्धि कार्यशालाका कार्यक्रम शनिबार देखि धादिङबेसीमा सुरु भएको छ ।

खाद्य अधिकार जिल्ला सञ्जाल धादिङ र फियान नेपालको संयुक्त आयोजनामा भएको २ दिने कार्यशालामा सुरु भएको हो ।
कार्यशालामा पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउँले सहजिकरणमा गर्नुहुने कार्यक्रममा मकवानपुर र धादिङका गरी ३० जना पत्रकारहरुको सहभागीता रहेको छन् ।

कार्यक्रम पहिलो दिन खोज समाचार कसरी खोज्न सकिन्छ भन्ने विषयमा गाउँलेले जानकारी गराउनु भएको थियो । बाँच्न पाउनु मानवको आधारभुत अधिकारका बिषयमा, फियान नेपालको फिल्ड अफिसर, राजेन्द्र बस्नेतले प्रस्ट्याउनु भएको थियो ।

खाद्य अधिकार धादिङका जिल्ला अध्यक्षको, सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा निमित्त सहायक जिल्ला अधिकारी लिलाधर अधिकारीको प्रमुख आतित्थ्यता रहेको थियो ।