धादिङबेसी कात्तिक १६ । भाईटिकाको दिन आज साँझ धादिङबेसीमा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
विगतका वर्षहरुमा जस्तै यो भाई टिकाको अवसर पारेर धादिङबेसी बीचबजारमा स्टेप अप डान्स एकेडेमी धादिङले साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
विगत केहि बर्ष देखि संचालनमा आएको स्टेप अप डान्स धादिङका अनुसार धाादिङबेसीमा हुने यो सास्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ । साँझ ६ बजेबाट सुरु हुने कार्यक्रम बेलुका १० बजे सम्म रहने आयोजकले बताएको छ ।