धादिङ मार्बल सेनेटरीको मजदुर सँग चियापान तथा शुभकामना

Avatar photo
Dhadingpost
कार्तिक १३, २०७३

धादिङबेसी कात्तिक १३ । धादिङबेसीमा प्रधान कार्यालय राखि ०६६ साल देखि मार्वलको वित्रिवितरण गर्दै आएको धादिङ मार्बल एण्ड सेनेटरी हाउस धादिङले मजदुर सँग चियापान तथा शुभकामना आदान प्रदान गरेको छ ।

अतराष्ट्रिय ब्राण्डको मार्बल बेच्दै आई रहेको धादिङ मार्बल एण्ड सेनेटरी हाउसले आज धादिङबेसीमा निर्माण मजदुरहरुलाई कम्पनीको लोगो अंकित जर्सी वितरण गर्दै दिपावलीको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान गरेको हो ।

धादिङबेसी सदरमुकाम र गजुरीमा शाखा कार्यालय राखि व्यवसाय गर्दै आएको धादिङ मार्बल एण्ड सेनेटरी हाउसले मार्बल, ग्रोनाइट, डिजिटल टायल, किचन तथा बाथरुम फिटिङका इन्टेरियर, कम्वर्डसेट, सोलार सेट सिपी लगायतका सामानहरु होलसेल विक्रि वितरण गर्दै आएको प्रोपाईटर सुवास बसेलले धादिङपोष्टलाई बताउनु भयो ।