शुक तामाङ,
धादिङबेसी कात्तिक ११ । जिल्ला विकास समिति धादिङले गरेको वर्षिक समिक्षा गोष्ठीमा धादिमा पर्यटन विकासको लागि छुट्याइने गरेको बजेट कसरी खर्च गरियो भन्ने प्रश्न गरेका छन् ।
सहभागिहरुले हरेक वर्ष जिविसले पर्यटन विकासको लागि पैसा छुट्याउ छ तर काम केहि गर्दै भन्दै आगामी वर्षमा रकम विषयान्तर गरि रकम खर्च नगर्न समेत आग्रह गरेका छन् । आर्थिक वर्ष २०७२-७३ मा कार्यान्वयन भएका विकास योजना तथा कार्यक्रमहरुको वार्षिक प्रगति सम्बन्धीे समिक्षा कार्यक्रम मंगलबार देखि द्ई दिन सम्म धादिङबेसीमा सम्पन्न भएको थियो ।
विभिन्न गाविसहरुमा आर्थिक बर्षमा कार्यान्वयन भएका विकास निमार्णका कार्यक्रमहरुको बारेमा सरोकारवालाहरु समक्ष जानकारी उद्धेश्यले जिल्ला बिकास समिति धादिङले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
स्थानीय विकास अधिकारी भगवान अर्यालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।