सुमन अधिकारी धुवाँकोट कात्तिक ८ –
धादिङको धुवाकोट गाविसलाई आईतवार देखि पूर्णखोप युक्त गाविस घोषणा गरिएको छ । यो सँगै धादिङ जिल्लामा पूर्ण खोप युक्त गाविसको संख्या १३ पुगेको छ। आईतवार एक विशेष कार्यक्रम गरि धुवाकोटलाई पूर्णखोप युक्त गाविस घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रमुख जीवन कुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । जनस्वास्थ्य प्रमुख मल्लले धुवाकोटलाई धादिङको १३ औ खोपयुक्त गाविस घोषणा गर्न पाउदा खुशि व्यक्त गर्दै कुनै पनि वालालिका खोपवाट वञ्चित हुन नपर्नेमा आफू ढुक्क रहेको बताएका थिए ।
यसको लागि धुवाकोटमा रहेको स्वास्थ्यकर्मीहरुलाई विशेष ख्याल गर्न समेत आग्रह गर्नु भएको थियो। हाल मुलुकमा बालवालिकालाई रोगसँग लडन सक्ने आठ ओटा खोपको व्यावस्था रहेको बताउनु भएको थियो । वालवालिकालाई सबै प्रकारका खोपहरु अनिवार्य रुपमा लगाउनु हुन आग्रह समेत गरेका थिए । वालवालिकालाई पूर्णरुपमा खोपको अभावमा पछि गएर विभिन्न रोगहरुले ग्रसित हुने हुदा सबैले सचेत भई खोप लगाउनु पर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका अधिकृत मनिराम आलम, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य देवराज आचार्य , नेकपा एमाले क्षेत्र नं. १का क्षेत्रीय सचिव नेत्र प्रसाद नेपाल, नेपाली काग्रेस धादिङ क्षेत्र नं. १ का क्षेत्रीय सदस्य टिकाराम वस्ताकोटी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधि साथमा धुवाकोटका स्थानीय वासिन्दाहरुको उल्लेख्य जनसाभागिता रहेको थियो ।
कार्यक्रममा धुवाकोट स्वास्थ्य चौकीको लागि जग्गादान गर्ने जग्गादाता लगायत धुवाकोटमा कार्यरत स्वास्थ्य स्वयम सेवीकाहरुलाई सम्मान समेत गरिएको थियो ।