थाक्रेमा सोलार बत्ति वितरण

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ८, २०७३

विकास भण्डारी

थाक्रे धादिङ कात्तिक ८-

solar

ग्रामिण उर्जा प्रबद्धन केन्द्र र नेपाल रेडक्रस सोसाईटी धादिङले आईतबार धादिङको थाक्रे गाउ बिकास समितिको कार्यलयमा सोलार बत्ति बितरण गरेको छ ।

वडा नागरीक मञ्च थाक्रेको सिफारीश मार्फत अति बिपन्न चेपाङ, दलित र एकल महिला गरि थाक्रेको नौ वटै वडाका १९८ जनालाई सोलार बत्ति वितरण गरिएको थियो ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति सिताराम कोईराला कोषाध्यक्ष दुर्लभ तामाङ रेडक्रस उपशाखा केबलपुरका सभापति भरत कोईराला र गाबिस सचिब रामहरि लामाको उपस्थिति रहेको थियो । सोलार वत्ति प्राप्त गरेपछि स्थानीय वासिन्दा खुशि देखिएका थिए ।