युएई – पत्रकार महासंघ युएई शाखाको आयोजनामा शुक्रबार दुबईमा बिजया दशमी २०७३ उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शाखाका अध्यक्ष त्रिलोचन कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपालमा मोफसलमा रहेर पत्रकारिता गर्नुहुने ७९ बर्षिय डिल्ली प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनए आईसीसी सदस्य गोपाल कंडेल, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा सापकोटा, नेपाली सोसल क्लबका अध्यक्ष शालिक सुबेदी, डिडीए ग्रुपका डा दिनेश आचार्य, नेपाली जनसंपर्क समितीका अध्यक्ष चित्र केसी, नेपाली जनप्रगतिशिल मंचका कार्यबाहक अध्यक्ष अर्जुन सुबेदी, मोर्चा (बैद्य) का काशी काफ्ले, बिप्लब मोर्चाका कार्यबाहक महासचिब रामाकान्त बास्तोला, युएई नेपाली एकता समाजका महासचिब प्रेम भण्डारी लगायत बिभिन्न जिल्लागत संस्थाहरुका प्रतिनिधिहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा बक्ताहरुले युएईको अहिलेको बस्तुगत परिस्थितीको बारेमा चर्चा गर्दै संघसंस्था दर्ता पकृयामा एक भई अघी बढ्नु पर्नेमा जोड दिएका थिए । बक्ताहरुले बिजया दशमी र दिपावलीको शुभकामना ब्यक्त गर्दै २०७३ सालको बडा दसैंले संस्था दर्ता भई सामाजिक कार्यमा थप सहज होस् भनी कामना गरेका थिए ।
पत्रकार महासंघ युएईका अध्यक्ष त्रिलोचन कोइरालाले महासंघको तर्फबाट उपस्थित सबैलाई धन्यवाद सहित शुभकामना ब्यक्त गरेका थिए । उनले महासंघले युएईका हरेक संघसंस्थाहरु सँग नजिक रहेर सहयोगीको भूमिका खेलिरहेको स्मरण गर्दै आगामी दिनहरुमा अझ सशक्त भएर लाग्ने बताए ।
महासंघका केन्द्रिय प्रतिनिधि भुपराज बस्यालको उपस्थिती रहेको उक्त कार्यक्रमको सन्चालन शाखाका सचिब लक्ष्मण खनालले गरेका थिए भने सहसचिब हरी नेपालीले स्वागत मन्तब्य राखेका थिए ।