दशैको अवसरमा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरियो

Avatar photo
Dhadingpost
शनिबार, अशोज २२, २०७३

कृष्ण राना,
धादिङ, मुलपानी असोज २२ । कमलादेवी आधारभूत विद्यालय मुलपानी २ मुर्चोकमा शुभकामना तथा कमप्युुटर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

धादिङ यु ई ए समाजका महासचिव तथा कमलादेवी कमप्युटर शिक्षा अभियानका संयोजक योगेन्द्र थापाले कमलादेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर र १ थान फोटोकपी रप्रिन्टर हस्तान्तरण गर्नु भएको हो ।

कमलादेवी कमप्युटर शिक्षा अभियान २०७२पाैषबाट सुरु गरिएको थियोे । यस अभियानमा शिक्षक, अभिभावक, विदेशमा रहनुभएका भुपु विद्यार्थी र शिक्षाप्रेमी विभिन्न व्यक्तित्वहरुले सहयोग गर्नु भएको छ ।

सहयोगी दाताहरुलाई शुक्रबार फुलमाला र सम्मान पत्रद्वारा सम्मान गरिएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो   ।साथै कार्यक्रमको विच विचमा गित नाचकोपनि प्रस्तुति रहेको थियो ।