धादिङ गजुरी असोज २१ । चाडपर्वको बेला हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न धादिङका एसपी शरदप्रसाद खत्रीले जिल्लामा कार्यरत प्रहरी अधिकृत र जवानहरुलाई चनाखो रहन निर्देशन दिएका छन् ।
६१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्षेत्रमा खटिएका सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई ईमान्दार, निष्पक्ष, कर्तव्यनिष्ठ, जवाफदेहि, नागरिकमैत्री र व्यवसायिक सेवा प्रदान गरि पब्लकहरुलाई निर्धक्क चाव पर्व मनाउने वाताबरण सिर्जना गर्न निर्देशन दिनु भएको हो ।
धादिङ प्रहरीले मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथि, नागरिक सहायता कक्ष, नागरिक सुनुवाई कार्यक्रम अवलम्बन गरिएको छ ।
यस अधिका चाडपर्वमा धादिङबेसीमा भएका चोरी लुटपाट र मदिरा सेवान ले केहि असहज भएको समिक्षा गरि प्रहरी चुस्तदुरुत भएको बताईएको छ । प्रहरी आफ्नो डिउटीमा त छ, तर नागरीहरुकले आफु बस्ने घर, कोठाको हेरचाहा र कोठा बाहिर हुँदा राम्रो चावी लगाउने, झ्याल ढोका राम्रो सँग बन्द गरे पनि चोरी हुने सम्भावना कम हुन्छ ।