नलाङमा लाखे र लामा नाचको साथ जेष्ठ नागरीक सम्मान गरिने

Avatar photo
Dhadingpost
सोमवार, अशोज १७, २०७३

00001494धादिङबेसी । नलाङमा रहेका जेष्ठ नागरीकलाई दशै विशेष कार्यक्रम अन्तरगत नवमीको दिन सम्मान गरिने भएको छ ।

नलाङको खिर्य भञ्झ्याङमा दशै नवमीको दिन आयोजना गरिने भव्य सास्कृतिक कार्यक्रम अन्तर गत लाखे र लामा नाचका बीच जेष्ठनागरीलाई सम्मान गर्न लागिएको हो ।

मओवादी केन्द्र नलाङको आयोजनामा हुने उक्त साँस्कृतिक कार्यक्रमलाई सम्पपन्न गर्न काठमाडौ नलाङ संघिय सम्पर्क मञ्चका अध्यक्ष ओम नारायण श्रेष्ठले आफुहरु तयारीमा जुटेको बताउनु भयो ।

गत शनिवार नलाङमा हुने दशै विशेष कार्यक्रमलाई कसरी सहयोग गर्न सकिन्छ भनेर काठमाडौं त्रिचन्द्र क्याम्पसमा सम्पर्क मञ्चको वैठक बसेको थियो । बैठकले सम्पर्क मञ्चको पदिय जिम्मेवारी पनि हेरफेर गरेको थियो । जसमा अब उपाध्यक्ष, उदय सिलवाल, सचिव दिपक अर्याल, सह सचिव सविना लामा, कोषाध्यक्ष अनिल श्रेष्ठ रहेका छन् ।