आमालाई उपचार गरि घर फर्केका रामचन्द्र सापकोटा वस दुर्घनामा मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ११, २०७३

धादिङबेसी असोज ११ ।उत्तरी धादिङको लपाङमा भएको बस दुर्घटनामा एक ट्रेकिङ गाइडको निधन भएको छ ।

आमालाई उपचार गराई घर फर्केका एक ट्रेकिङ रामचन्द्र सापकोटा समेत उक्त दुर्घटनामा परेका हुन् । अर्थबाउन्ड ट्रेक्स एन्ड एक्सपिडिसन प्रालीमा काम गर्दै आएका सापकोटा धादिङ जिल्लाको दार्खा ९ बेशीका निवासी हुन् ।

४१ वर्षका उनी आमालाई धादिङमा उपचार गराएर गाउँ फर्कदै थिए । गम्भिर घाइते भएकी उनका आमालाई शिक्षण अस्पताल ल्याइएको छ ।

उनले हिमाली क्षेत्रमा ८ दिने ट्रेकिङ कार्यक्रम समेत तय गरेका थिए । प्रहरीका अनुसार हालसम्म १९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेलाई काठमाडौं स्थित शिक्षण अस्पताल ल्याइएको छ ।