कृष्ण रानामगर,
धादिङ मुलपानी असोज ९-
जिल्लाको मुलपानी २ मुर्चोकमा रहेको कमलादेवी आधारभुत विद्यालयको अभिभावकहरूको भेला सम्पन्न भएको छ ।
भेलाले ४ सदस्यीय समिति छनोट गरेको छ । ४,जना सदस्यहरुमा सुकदेव थापा मुलपानी १ ,सुनिल थापा मुलपानी २, मञ्जु राना मगर मुलपानी २,कविता थापा मुलपानी २ रहेका छन् ।
आजै जेष्ठ ,सदस्य सुकदेव थापाकोको अध्यक्षतामा बसेको पहिलो बैठकले लोकेन्द्र कुमार थापा र यशोदा अधिकारीलाई मनोनित गरेको छ।शिक्षक प्रतिनिधिमा भिमकुमार थापा र सदस्य सचिव दलबहादुर थापा रहनु भएको ८ सदस्यीय समिति चयन भएको छ। कार्यक्रम जिल्ला शिक्षा कार्यलयका प्रतिनिधि तथा बद्री विशाल मावि स्रोत केन्द्रका स्रोत ब्यक्ति निलकण्ठ रेग्मीको अध्यक्षता भएको थियोे ।
नयाँ शिक्षा एेन कार्यन्वयनमा आए सँगै देश भरिका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति खारेजी भएको थियो । तसर्थ नयाँ विद्यालय व्यवस्थापन समिति गठन देश भरि नै सुरु भएको छ।