गजुरीमा प्रविण तिमल्सेना नेतृत्व गर्ने नयाँ शक्तिको

Avatar photo
Dhadingpost
आइतवार, अशोज ९, २०७३

धादिङ गजुरी असोज ९ । नयाँ शक्ति पार्टी नेपाल गजुरीको शनिबार सम्पन्न भेलाबाट प्रविण तिमल्सिनाको नेतृत्व गर्ने भएका छन् ।
नयाँ शक्ति पार्टी नेपाल गजुरीमा तिमल्सिनाको नेतृत्वमा २५ सदस्यीय गाउँ समिति चयन गरेको छ ।

भेलाले सहसंयोजकमा सूर्य तामाङ र देव बराकोटी र सदस्यहरुमा प्रकाश थापा, रामबहादुर भुजेल, विजय दुवाडी, राज बस्याल, शान्ता हडुवाल, सुजन चेपाङ, सुजन नेपाली, सानु घलेलाई चयन गरेको छ ।

यसैगरी अन्य सदस्यहरुमा गकुल सार्की, रवि श्रेष्ठ, गोविन्द बराकोटी, राजन डल्लाकोटी, हरिप्रसाद सिलवाल, सनम बस्नेत, विजय घिमिरे, सरोज न्यौपाने र नविन उप्रेती, श्याम विक, मनोज महत, सर्मिला घिमिरे र रेश्मा तामाङ रहेका छन् ।

भेलाले रंगनाथ पाण्डे संयोजक र अञ्जन डल्लाकोटी, अनुप पाण्डे (टिकादत्त) र केशरबहादुर घले संदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।

भेलामा नयाँ शक्ति नेपालकी महिला विभाग प्रमुख तथा पूर्वमन्त्री कल्पना धमला, नयाँ शक्ति केन्द्रीय कार्यकारी समितिका आमन्त्रित सदस्य राजु नेपाल, केन्द्रीय परिषद सदस्यहरु रामबहादुर ढकाल, प्रमोद पोखरेल, जिल्ला परिषद सदस्यहरु ईश्वर खरेल, रामहरि त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।