त्रिपुरेश्वरमा सुरक्षित आवाश निर्माण कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, अशोज ९, २०७३

प्रमोद भट्ट,
धादिङबेसी असोज ९ । धादिङ जिल्लाका उत्तरी क्षेत्रमा अवस्थित त्रिपुरेश्वर गाउँ विकास समितिमा सुरक्षित आवाश निर्माण कार्यक्रम सम्पन्न भएको छ ।

एक्सन नेपाल र अक्फाम जी.वि.को साँझदारीमा सञ्चालित भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत शनिवार सुरक्षित आवाश निर्माण कार्यक्रम सम्पन्न भएको हो ।

अचाने उच्च माध्यामिक विद्यालयमा सम्पन्न भएको सो कार्यक्रममा एक्सन नेपालका आवाश अधिकृत इन्जिनीयर समिर भट्टराई र सव.इन्जिनीयर गोकर्ण रिजालले सहजीकारण गर्नुभएको थियो ।

कार्यक्रममा भवन निर्माण गर्दा अपनाउनु पर्ने १० मुख्य कुराहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा समाजसेवी, बुद्दिजिवि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय सरकारी तथा गैह्र सरकारी निकायका प्रतिनिधि सहित २०९ जना व्यक्तिहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा सहभागिहरुले आफूले सिकेको कुरा अव घर निर्माण गर्दा आफूले लागु गर्ने र अरुलाई पनि लागु गर्न सल्लाह दिने बताएका थिए । कार्यक्रम गा.वि.स.का सहायक सचिव ज्ञानेन्द्र ज्योति थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।