किन भत्काईयो रेडियो धादिङको भवन वन कार्यालयको प्रेस नोट

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ७, २०७३

धादिङबेसी असोज ७ । जिल्ला वन कार्यालय धादिङले नीलकण्ठ नगरपालिका ८ स्थित अमरावती सामुदायीक बन अतिक्रमण गरि निर्मित संरचना हटाईएको प्रेस नोट जारी गरेको छ ।

विहान सुरक्षा कर्मी सहित अमरावती वन क्षेत्रमा पुगेका जिल्ला वन अधिकृत इमनाथ पौडेलले रेडियो धादिङको भवन र NGO सेफहाउस भत्काउनुका कारण प्रेस नोटमा उल्लेख गरेका छन् ।

प्रेस नोटमा अतिक्रमण गरि वनाईएको भवन भत्काउदा कुनै मानविय क्षेति नभएको, बाधा अवरोध नभएको, कसैलाई चोटपटक नलागेको र कोही कसैलाई दुव्यवहार नगरिएको प्रेसनोटमा बताईएको छ । पटक पटक अतिक्रमण गरि भवन भनाएका संस्थाहरुलाई भवन बनाउनुको कानुनी अधार माग गरिएको भए पनि कानुनी आधार पेस नभएले भवन भत्ताउनु परेको बताइएको छ ।

सामुदायिक रेडियोहरुको विश्व संगठन अमार्कले पनि लालपूर्जा अनिवार्य चाहिने प्रावधानविपरित सामुदायिक वनभित्र भवन बनाउन गैरकानुनी ढंगले अनुदान दिएका थिए । अमार्कका एसिया प्यासिफिक प्रमुख सुमन बस्नेतले गैरकानुनीरुपमा भवन बनाउन रेडियोलाई विदेशी दातामार्फत सहयोग गराएका थिए ।

धादिङबाट निर्वाचित एमालेका सांसदहरुले पनि वन अतिक्रमण गरी भवन बनाउन अवैधानिकरुपमा सहयोग गरेको भन्दै स्थानीय प्रशासनले दुःखेसो गर्दै आएको छ ।

स्थानीयहरुले वन अतिक्रमण गर्ने संस्थासँगै लालपूर्जाबिना वन अतिक्रमण गरेर घर बनाउन सघाउने अमार्क, सांसदहरु र जिविसमाथि पनि कारवाहीको माग गरेका छन् ।

प्रेस नोट