काठमाडौंका आधा दर्जन स्कुलमा बम आतंक

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ४, २०७३

धादिङ असोज ४

bomb

काठमाडौं उपत्यकाका विभिन्न स्कुलमा बम आतंक मच्चिएको छ। प्रहरीका अनुसार ललितपुरको रेडियन्ट स्कुल, काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र जोरपाटी दक्षिणढोकास्थित मनोकामना स्कुलमा बम आतंक मच्चिएको हो।

 काठमाडौं प्रहरीले योङ कम्युनिस्ट फोर्स नेपालका दुई जनालाई पक्राउ गरेको छ। एसएसपी विक्रम सिंह थापाले पक्राउको पुष्टि गरेपनि नाम सार्वजनिक गर्न मानेनन्।

मनोकामना स्कुलमा आज बिहान ३:४५ बजे केही पड्किएको आवाज सुनिएको स्थानीयले बताएका छन्। त्यहाँबाट योङ कम्युनिस्ट फोर्स नेपालको पर्चा भेटिएको छ। अन्य तीन स्कुलमा भने शंकास्पद वस्तु भेटिएको एआइजी प्रतापसिंह थापाले नागरिकन्युजलाई बताए। प्रहरीले वस्तुको परीक्षण गरिरहेको उनले बताए।

‘केही शंकास्पद वस्तु भेटिएको छ। हामी परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘ती स्थानबाट योङ कम्युनिस्ट फोर्स नेपालको पर्चा पनि भेटिएको छ।’ उक्त समूहलाई विभिन्न सवारीसाधनमा आगजनी गरेको आरोपमा कारबाही पनि गरिएको एआइजी थापाले जानकारी दिए।