मण्डली प्राविधिक शिक्षालयको भेला सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, अशोज २, २०७३

कृष्ण रानामगर,
धादिङ फुलखर्क असोज २ । धादिङ जिल्लाको एक मात्र कृषि विषयमा कक्षा १२ सम्म पढाइ हुने मण्डली माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको अभिभावकहरूको भेला सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलाले ४ सदस्यीय तदर्थ विद्यालय व्यवस्थापन समिति समेत गठन गरेको छ । समिति छनोट गरेको छ।
सदस्यहरुमा रमेश अधिकारी फुलखर्क ३, रामदेव सिँह अधिकारी फुलखर्क १, कल्पी कँडेल फुलखर्क २, सँगिता अधिकारी फुलखर्क २ रहेका छन् ।

शनिबार नै जेष्ठ सदस्य रामदेव सिँह अधिकारीको अध्यक्षतामा बसेको पहिलो बैठकले गोपाल अधिकारी र पार्वती अधिकारीलाई मनोनित गरेको छ। शिक्षक प्रतिनिधिमा ज्ञानेन्द्र कार्की र सदस्य सचिव नवराज अधिकारी रहनु भएको ८ सदस्यीय समिति चयन भएको छ । नयाँ बनेको समितिमा क्षेत्र र समावेशी भने हुन सकेन ।

कार्यक्रम जिल्ला शिक्षा कार्यलयका प्रतिनिधि तथा मण्डली स्रोत केन्द्रका स्रोत ब्यक्ति नवराज बसौलाको अध्यक्षता भएको थियो ।नयाँ शिक्षा एेन कार्यन्वयनमा आए सँगै देश भरिका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति खारेजी भएको थियो । तसर्थ नयाँ विद्यालय व्यवस्थापन समिति गठन देश भरि नै सुरु भएको छ ।