अखिल क्रान्तिकारी धादिङको अध्यक्षमा पुनः छत्कुली

Avatar photo
Dhadingpost
शनिबार, भदौ २५, २०७३

धादिङबेसी भाद्र २५ । विभिन्न माओवादी घटक निकट विद्यार्थीहरुको एकता बैठक धादिङबेसीमा सम्पन्न भएको छ ।

माओवादी पार्टी पुनरगठन पछि जिल्ला जिल्लामा उसका भातृ संगठनहरु पनि पुनर गठन गर्दै आए अनुसार आज धादिङमा विद्यार्थीहरुको संगठन पुनर गठन तथा एकता बैठकबाट माधव छत्कुली अध्यक्षमा निर्वातिच हुनुभएको हो । छत्कु्ली यस अघि तात्कालिन माओवादी केन्द्र नीकट विद्यार्थी संगठन धादिङका अध्यक्ष हुनुहुन्थ्यो ।

एकता बैठकबाट उपाध्यक्ष विमल तामाङ, सन्ताष उप्रेती, सचिव रुपा पाख्रिन, सह सचिव अर्चना तिवारी, उपेन्द्र जम्कटेल र कोषाध्यक्ष राज गुरुङ नेत्र निर्वाचित भएका छन् । एकता बैठकले ४१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

नीलकण्ठ उच्च मावि स्रोतकेन्द्र भवनमा सम्पन्न भएको वैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक धनबहादुर वुर्लाकोटी, सह संयोजक शम्भुकुमार श्रेष्ठ (शिरिष), अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष तथा ३ नम्बर प्रदेशका सह(इन्चार्ज गंगाराम तिमल्सिना, केन्द्रिय सचिव तथा ३ नम्बर प्रदेश संयोजक विजय गौतम केन्द्रिय सचिव गोविन्द घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

वैठकले जिल्लामा शैक्षिक क्षेत्रमा परिवर्तनको महसुस हुनेगरी आन्दोलन गर्ने, कालाबजारी, भ्रष्टचार नियन्त्र गर्दै यातायात सिण्डिकेट विरुद्ध आन्दोलन गर्ने साथै आगामी फागुन १४ गते हुने स्ववियू चुनावलाई लक्षित गरी संगठनलाई थप सुदृढ बनाउने निर्णय गरेको नव निर्वाचित अध्यक्ष छत्कुलीले धादिङपोष्टलाई बताउनु भयो ।