धादिङ पिण्डामा दिनेश भन्डारी ले नयाँ शक्ति हाँक्दै

Avatar photo
Dhadingpost
शनिबार, भदौ २५, २०७३

धादिङ पिण्डा भाद्र २५ । धादिङ जिल्लामा गाविस स्तरीय कमिटि बनाउने अभियान लागेको नयाँ शक्ति पार्टी अन्तरगत पिडा गाविसको नेतृत्व दिनेश भन्डारीले गर्ने भएका छन् ।

नयाँ शक्ति पार्टी, नेपाल अन्तरिम गाउँ परिषद पिन्डाको आज सम्पन्न भेलाबाट भन्डारीले गाउँ संयोजक बन्दै गाविसको नेतृत्व गर्न तयार हुनुभएको हो ।

भेलाले रमेश अगस्ती र बिष्णु हरी भुजेल सह-संयोजक रहने गरि ३३ सदस्यीय अन्तरिम गाउँ परिषद गठन गरेको छ ।
भेलामा नयाँ शक्ति नेपाल पार्टीका नेता राजु नेपालले अब आर्थिक समृद्धिको लागि नयाँ शक्ति पार्टीको विकल्प नरहेको बताउनु भएको थियो । साथै उहाँले आफुहरु कसैको विरोधी नभएको तर अन्यदलहरु बाट मुलुकको आर्थिक समृद्धिको सहि दृष्टिकोण नै नभएकोले आम जनताको ईच्छा अनुरुप नयाँ शक्ति जन्मेको बताउनु भएको थियो ।