हाजिरी जवाफ प्रतियोगितामा गुडस्टार्ट इङ्लिस स्कुल धार्के प्रथम

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २४, २०७३

धादिङ भाद्र २४ । अन्तर राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गुडस्टार्ट इङ्लिस स्कुल धार्के प्रथम भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङको आयोजनामा भएको उक्त प्रतियोगितामा ब्राइट फ्युचर सहकारी माध्यमिक विद्यालय मलेखुलाई पछि पार्दै गुडस्टाट प्रथम भएको हो ।

जिल्ला स्तिरीय अन्तर विद्यालय आधारभुत तहको यस प्रतियोगिता गुडस्टार्ट ईङ्लिस स्कुल धर्केमा सम्पन्न भएको थियो । प्रतियोगितामा गुडस्टार्ट ईङ्लिस स्कुल प्रथम, ब्राइट फ्युचर सहकारी माध्यमिक विद्यालय मलेखु द्वितिय, सल्यान्टार युनाइटेड बोर्डिङ स्कुल तृतिय र द राइजिङ भिलेज आवासिय माध्यमिक विद्यालय सान्तवना स्थान प्राप्त गर्न गरे । प्रतियोगितामा जिल्लाका १४ विद्यालय सहभागि रहेको प्याब्सन धादिङका गोविन्द बुढाथोकिले बताउनु भयो ।

“समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता तथा शिक्षा दिवस देशभर विभिन्न कार्यक्रमहरु भएका छन् ।