सुनको भाउ तोलामा ६ सयले बढ्यो

Avatar photo
Dhadingpost
बुधबार, भदौ २२, २०७३

 धादिङ भदौ २२

download

सुन चाँदीको भाउमा बृद्धि आएको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज नेपाली बजारमा सुनको भाउ तोलामा ६ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको भाउ तोलाको ५९ हजार १ सय रुपैयाँ तोकेको जनाएको छ ।

मंगलबार तोलाको ५८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय ९० रुपैयाँ तोकेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावले स्थानीय भाउमा प्रभाव पार्ने गर्छ ।