धादिङ महोत्सव पौष ७ देखि तयारी तिब्र

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १८, २०७९

धादिङ । धादिङको दिगो विकास अर्थतन्त्रको आधार, कृषि जलश्रोत, पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघले पौष ७ गते देखि १५ गते सम्म हुने आठौं धादिङ महोत्सवको तयारीलाई तिब्र पारेको बताईएको छ ।

महोत्सव भएको १ महिनामा सम्पूर्ण हिसाव सार्वजनिक गरिने र आम्दानी भएको रकमले उद्योग वार्णि संघको सुविधा सम्पन्न हल निमार्ण गरिने धादिङ उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा विभिन्न १२० स्टलहरु राख्ने र महोत्सवमा ३ लाख भन्दा बढि सहभागि हुने र १० करोड भन्दा बढिको कारोबार हुने संघले आंकलन गरेको छ ।

महोत्सवका मुख्य आकर्षणहरु

  • जिल्लाको स्थानीयतहको सहकार्यमा स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
  • कृषि प्रदर्शनी
  • सानातथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
  • विविध साँस्कृतिक प्रदर्शनी
  • पर्यटन प्रवर्धन सम्वन्धी विविध कार्यक्रमहरु
  • स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
  • हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
  • राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
  • खनिज जन्यवस्तुको प्रदर्शनी तथा विक्री
  • जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
  • आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
  • इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री-सूचना प्रविधी सम्बन्धी जानकारी
  • अटोमोवाईल्सको प्रदर्शनी तथा विक्रीवितरण
  • रमाईलो मेलावाल/उद्यान
  • हेलिकोप्टरवाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन रहेको छ ।

महोत्सवका उद्येश्यहरु

  • प्रदर्शनी बाट सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने
  • स्थानिय स्तरबाट उत्पादित बस्तुहरुको बजार प्रवर्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने
  • घरेलु उद्योगको प्रवर्धनमा टेवा पुर्‍याउने ।
  • घरेलु उद्योग र कृषिलाई ब्यावसायिक आधुनिकिकरण तर्फ उन्मुख गराउने ।
  • निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवर्धनमा सहयोग पुर्‍याउने ।
  • यस जिल्ला तथा आसपासका अन्यपर्यटकिय स्थलहरुको विकास र विस्तारमा टेवा पुर्‍याउने
  • स्थानीयबजारको विकास विस्तार एवं बिशिष्टिकरण तर्फ उन्मुख गराउने ।
  • उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने ।
  • कृषि पेशालाई व्यवसायिक रुपमा विकास गराउन सहयोग गर्ने ।
  • आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने ।
  • लोप हुन लागेका स्थानिय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
  • बिभिन्न जातजाती बीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्ने ।
  • लगानीका अवसरहरुको सृजना गर्ने