
धादिङबेसी जेष्ठ ११ । धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको संयोजन रहेको कोरोना भाईरस (कोभिड १९) सम्बन्धी सीएमसी (Crisis Management Center) को बैठकले कोरोना नियन्त्रणका अत्यावश्यक सेवा प्रवाहबारे विभिन्न ७ नयाँ निर्णयहरु गरेको छ ।
लकडाउनको कार्यान्वयन सँगै जिल्ला भित्रने मालबहाक गाडीलाई निर्मुलिकरण गर्ने देखि स्थानीय तहमा खाद्यान्न ढुवानीको दैनिक तालिका सहित विभिन्न ७ निर्णयहरु आईतबार बसेको सीएमसी बैठकले गरेको हो ।
बैठकले धादिङ जिल्ला प्रवेस गर्ने मालबहाकलाई बेनीघाटको मझिमटार र सदरमुकाम धादिङवेशी भित्रिने मालवाहक सवारी साधनलाई नीलकण्ठको ससाह नजिकै मैदी जाने प्रतिक्षालय भएको स्थानमा अनिवार्य निर्मुलिकरण गरिने निर्णय गरेको छ ।
यसरी निर्मुलिकरण गर्दा अत्यावश्यीय सामाग्री बोकेर आएका मालवाहक सवारी साधन मैदी जाने प्रतिक्षालय भएको स्थानमा ६ घण्टा अनिवार्य होल्डमा राखिने र धादिङबेसी सदरमुकाममा बिहान ५ देखि ८ र बेलु्का ५-८ बजे सम्म मात्र अनलोड गर्न पाईने सीएमसी धादिङको बैठकले निर्णय गरेको छ ।
यस्तै अत्यावस्यक सामाग्री ढुवानी गर्नको लागि स्थानीय तहलाई आलोपालोको को क्रम समेत बैठकले निर्धारण गरेको छ ।
जसमा रुवीभ्याली र खनियावास गाउँपालिका क्षेत्रमा मालसामान ढुवानी गर्न आइतवार, नेत्रावती र गंगाजुमना पालिकाको लागि सोमबार, ज्वालामुखी र सिद्धलेक गाउँपालिकाको लागि मंगलबार , नीलकण्ठ नगरपालिका क्षेत्रको लागि बुधवार र बिहिबार तथा त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा सामान ढुवानी गर्न शुक्रबार तोकिएको छ ।
बैठकले साना बोलेरो गाडीमा मालसामान बोक्न नदिने देखि दैनिक ११ बजे देखि ४ बजे सम्म अत्यावश्यक सामाग्रीका पसलहरु खुलाउने निर्णय समेत गरेको छ ।
निर्णय जस्ताको तस्तैः
