धादिङका बोदनाथ दुवाडीद्वारा उद्योग वाणिज्य महासंघमा उम्मेदवारी

Avatar photo
Dhadingpost
बिहिबार, साउन ८, २०७७

धादिङ साउन ८ । नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचनका लागि धादिङ जिल्लाबाट धादिङका निवर्तमानअध्यक्ष बोदनाथ दुवाडीले उम्मेदवारी दिएका छन् ।

दुवाडीले उपाध्यक्ष चन्द्र ढकालको प्यानलबाट कार्यकारिणी समिति सदस्यमा खुल्ला तर्फ सदस्य उम्मेदवारी दिएका हुन् ।

उद्योग वाणिज्य महासंघको चुनावमा जिल्ला नगर संघहरु १०५ छन्। यसको मतभार ५० प्रतिशत हुन्छ। अर्को त्यति नै बराबर संख्यामा वस्तुगत संघ छन् यसको मतभार २० प्रतिशत हुन्छ।

अकर्बो एसोसिएट (कर्पोरेट हाउस) हरु ९ सय छन् । ती सबै सदस्य कम्पनीको एक एकजना भोट हाल्न आउनपर्दैन। जस्तो मेरो १० कम्पनी छन् भने त्यो कम्पनीको तर्फबाट म एक्लैले भोट हाल्न पाउँछु। यसबाट के देखिन्छ भने वस्तुगत र जिल्ला गरी २ सय जति हुन्छ । एसोसिएटमा ९ सय भएपनि वास्तविक प्रतिनिधित्व प्रतिव्यक्ति होल्डिङ १० भएमा सय मात्र हुने भयो, ५ भएमा २ सय हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन साउन २६ र २७ गते ललितपुरमा आयोजना हुँदैछ ।