सिद्धलेक कृषिमा अजैविक प्रविधि भित्र्याउदै

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १६, २०७७

धादिङ बैशाख १६ । अधिकांश घरपरिवारको मुख्य कर्म कृषि रहेका सिद्धलेक गाँउपालिका कृषिमा अजैविक प्रविधि भित्र्याउदै छ । पछिल्लो समय सजिलोको लागि अधिकांश कृषकहरुको माग अजैविक प्रविधि (औद्योगिक यान्त्रिकिकरण) तर्फ आर्कषण बढेको छ ।

कृषकहरुको आर्कषणलाई मध्य नजर गर्दै गाँउपालिकाले हरेक वर्ष मिनि टिलर अनुदानमा वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७४।०७५ मा गाँउपालिकाले ४० वटा मिनी टिलर वितरण गरेकोमा आव २०७५।०७६ मा संख्यामा वृद्धि गरी १६१ वटा वितरण गरेको थियो ।

चालु आवमा ११० वटा मिनी टिलर वितरण गर्ने कार्यक्रम अनुसार लकडाउनको अवधिमा पनि मिनी टिलर वितरण गरिरहेको छ । कृषि कर्म गर्न सक्ने यूवाहरु रोजगारी खोज्दै गाँउ छोकाले महिला र वृद्ध कृषकहरु मागको आधारमा हाते ट्याक्टर वितरण गरेकोे गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।

कृषिका लागि ट्याक्टर भन्दा गोरु उपयुक्त हो भन्ने थाहा हुदाँहुदै पनि ट्याक्टर वितरण गरिरहेका छौ । अजैविक ट्याक्टर मात्र किन वितरण गर्ने भनेर चालु आवबाट गोरु किन्न पनि अनुदान दिने व्यवस्था गरेका छौ । दुई हल गोरु किन्न ३५ हजारका दरले अनुदान दिईसकेको अध्यक्ष सिलवालले बताए ।

गोरु पाल्दा काम नचलेको वेलामा पनि किसानले गोरुकै स्याहारसुसारमा काम गर्छ । गोरुपालक कृषक फुर्सदिलो हुदैन । गोरुले जोत्दा माटो पनि राम्रो हुने र गोरुबाट मल पनि पाँउने भएकाले गोरु किन्न अनुदान दिने व्यवस्था गरेको अध्यक्ष सिलवालले बताए ।

अध्यक्ष सिलवालका अनुसार अहिले पनि दुई हजार हल हारमहारीमा गोरु होलान । तर गोरु पाल्ने कृषकको छिमेकी पनि ट्याक्टर माग्न निवेदन बोकेर आँउछन् । गोरु प्रर्वद्धन गर्ने रहर हुदाँहुदै पनि ट्याक्टर (अजैविक) वितरण गर्नु परेको छ । छ हजार २१२ परिवार मध्ये कम्तिमा दुई हजार परिवार हिँउदे तथा बर्खे तरकारी खेतीमा संलग्न रहदै आएको अध्यक्ष सिलवनले बताए ।

कृषि सेवा तर्फ एक जान अधिकृत स्तरका कर्मचारी मात्र निजामति सेवाको रहेको गाँउपालिकामा कृषि विकासलाई एक करोड २१ लाख र पशुपंक्षि विकासलाई ९६ लाख बजेट चालु बर्षमा खर्च गर्ने योजना अनुसार कृषि सेवाका ३ जना र पशपंक्षि सेवाका ३ जना प्राविधिक गाँउपालिकाले नै करारमा भर्ति गरेको छ ।

चाल आवमा ७५ प्रतिशत अनुदानमा ६२ हजारका दरले खरिद गरी छ वटा थ्रेसर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा पाँच हजारका दरले खरिद गरी ४५ वटा स्प्रे, ५० प्रतिशत अनुदानमा ६५ हजार दरले खरिद गरी ४० वटा र ७५ हजार दरले खरिद गरी ७० वटा मिनी टिलर वितरण गरेको कृषि अधिकृत छविलाल गुरुङले बताए ।

अधिकृत गुरुङका अनुसार मिनी टिलर प्रत्येक वडामा १५ वटाका दरले र स्प्रे छ वटाका दरले वितरण गरी वाँकी रहेका पाँच वटा मिनी टिलर र तीन वटा स्प्रे आवश्यकताका आधारमा अध्यक्षको सिफारिसमा वितरण गरिन्छ । चालु आवमा हाईटेक प्रविघि १० वटा, पाँच हेक्टरमा केरा, पाँच हेक्टरमा अमिलो जातका फलफुल र पाँच हेक्टरमा लिची लगाउने कार्यक्रम रहेको अधिकृत गुरुङले बताए ।


यस गाँउपालिका प्रत्यक्ष रुपमा पृथ्वी राजमार्गसंग नजोडिए भएपनि करिव २० किलो मिटर दुरी राजमार्ग समानन्तर फैर्लिका कारण कृषकहरुलाई तरकारी विक्री गर्न सजिलो छ । कालुपाण्डे राजमार्ग करिव १३ कलिोमिटर यसै गाँउपालिकामा पर्ने भएका कारण पनि केहि हदसम्म कृषकहरु राष्ट्रिय तरकारी बजारसम्म पहुँच छ ।

प्रायः सुख्खा क्षेत्र भएका कारणले हिउँदयाममा भन्दा पनि बर्खायाममा तरकारी खेती यस गाँउपालिकामा बढी गरिन्छ । राजेन्द्र बस्नेतले कारोवार दैनिकमा खवर लेखेका छन् ।