खुल्ला भलिबल प्रतियोगितामा PSN सलाङ प्रथम

Avatar photo
Dhadingpost
सोमवार, भदौ २०, २०७३

धादिङबेसी भाद्र २० । जिल्ला मै भलिबलको राम्रो पकट जमाएको सलाङ गाबिसमा खुल्ला पुरुष भलिबल सम्पन्न भएको छ ।

तीन दिन सम्म सलाङ मैदानमा संचालन भएको उक्त भलिबल प्रतियोगितामा मनकामना समाज सुधार समाजलाई हराउँदै PSN क्लब प्रथम भएको हो ।

हिन्दु नारीहरुको विशेष तिज पर्वलाई थप उत्साहा र सहयोगको लागि सलाङ गाँउ विकास समितिमा आयोजना गरिएको भलिबल प्रतियोगिता भाद्र १६ गते देखि १९ गते सम्म सचेलेको थियो । बिजेताहरुलाई आईतबार तिज विशेष साँस्कृतिक कार्यक्रमका बीच पुरस्कार प्रमाण पत्र वितरण गरियो ।

प्रतियोगितामा प्रथम हुने PSN क्लब मैदान सलाङ, द्धितिय हुने मनकामना समाज सुधार क्लब सलाङ र तृतिय हुने थापाका क्लब गौथले सलाङलाई क्रमस १५, १० र ५ हजार नगद प्रदान गरिएको थियो ।

जिल्ला स्तरीय प्रतियोगिताका भाग लिई सकेका तिलक गुरुङ र सोम श्रेष्ठले रेफ्रिको भुमिका निभाएको उक्त प्रतियोगितामा सलाङ नलाङ र मैदीबाट १६ टिम सहभागि थिए ।