अपहरण गरि हत्या गरेको आरोपमा ३ जना पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, भदौ १८, २०७३

धादिङबेसी भाद्र १८ । मलेखु फुर्केखोला पुल छेउ प्रतिक्षालयमा झुण्ड्यिर हत्या गरएको भन्दै काभ्रेका अजस्त मिजार ढकालको परिवार र अन्य अधिकार कर्मीहरुले दवाव दिए पछि अन्तत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सरकार कै ध्यान केन्दित गर्ने गरि परिवार र अधिकार कर्मीहरुको दवाब पछि पोष्टमार्टम न नगरि प्रहरीले त्रिशुली किनारमा गाडीएका मिजारको शव उत्खनन गरि धादिङका सिडियो विश्वप्रकाश सुवेदीको नेतृत्वमा छानविन समिति बनाईएको थियो ।

उक्त छानविन समितिको पहलमा अन्तरजातीय विवाह गरेपछि केटालाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे, भैंसीथोकका एका घरका ३ जना लाई पक्राउ गरेको हो ।

गत असार ३० गते विहान धादिङको कुम्पुर–३ स्थित फुर्केखोला पुल छेउमा रहेको काठको मचानघरमा काभ्रेका अजस्त ढकाल मिजारको लाश झुण्डिरहेको अवस्थामा फेला परेको थियो ।

मिजारले बिहे गरेको भनिएका काभ्रे–ज्याम्दी–९ की कल्पना पराजुलीका ४७ वर्षीय बाबु भोजवहादुर पराजुली, २३ वर्षीय उनकै दिदी सम्झना पराजुली र भैंसीथोक–४ निवासी भोजवहादुरका भतिजा २७ वर्षीय विनोद पराजुलीलाई पक्राउ पछि अनु शन्धान थालेको छ । अजितका बाबु हरिभक्तले छोराले कल्पना पराजुलीस‌ँग अन्तरजातीय विवाह गरेपछि डरधम्की दिई केटीलाई फर्काएको र केटालाई अपहरण गरि हत्या गरेको किटानी जाहेरी दिएका छन् ।

धादिङमा भेटिएको अजितको शवको सनाखत हुन नसकेपछि गजुरीस्थित अस्पतालमा ३ दिन राखेको थियो । तर, अस्पतालका छरछिमेकीले शवको दुर्गन्ध सहन नसकी दाह संस्कार गर्न दवाव दिए पछि प्रहरीले शव परिक्षण गरी तेश्रो दिन त्रिशुली किनारमा गाडेको बताइृए पनि मिनारका आफन्त जनले प्रहरीले बदमासी गरेको घटना ढाकछोप गर्न शवको पोष्टमाटम नै नगरी गाडेको आरोप लगाएका थिए ।

यस अघि प्रकाशित समाचार यो पनि पाढौं

प्रहरीले गाडेको लास आफन्तले निकाले

काभ्रेका मिजार हत्या प्रकरणमा धादिङका सिडियोको भुमिका शंकास्पद