धादिङका ७३ जना पत्रकारहरुले सुचना विभागको कार्ड लिए

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १७, २०७३

धादिङबेसी भाद्र १७ । धादिङ जिल्लाका ७३ जना पत्रकारहरुलाई सुचना विभागले प्रस प्रतिनीधि पत्र प्रदान गरेको छ ।

सूचना विभागको घुम्ती शिविरले बिहिवार धादिङबेसी स्थित पत्रकार महासंघ धादिङको कार्यालयमा उपस्थित भै जिल्लाका पत्रकारलाई प्रेस परिचय पत्र वितरण गरेको हो ।

सूचना विभागका निर्देशक राजु भण्डारील परिचय पत्र वितरण गर्दै सूचना विभाग भनेको पत्रकारहरुको लागि सुरक्षा दिने संस्था वा निकाय भएको समेत बताउनु भएको थियो । विभागको कार्ड बनाएका पत्रकारहरुले कार्डलाई सही तरिकाले मात्र सदुपयोग गर्न कार्ड दुरुपयोग गरे तत्काल खारेज गरिने समेत बताउनु भएको थियो ।

धादिङका विभिन्न सञ्चार माध्यममा काम गर्ने ७३ जना पत्रकारहरुले सुचना विभागको कार्ड लिएका छन् । जसमा ५८ जनाले पुरानो कार्ड नविकरण गरेका थिए भने १५ जनाले पत्रकार नयाँ परिचय पत्र लिएका थिए रहेका छन् ।

शिबिरमा सूचना विभागका निर्देशक राजु भण्डारी, कम्प्युटर अपरेटर सुवास राई, सुचना विभागका नासु जिवन निरौला लगायतका टिमहरुको सहभागिता रहेको थियो ।