महिला संघ धादिङमा अम्बिका अधिकारी प्यानल विजयी

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १४, २०७३

धादिङबेसी भाद्र १४। नेपाली काँग्रेस धादिङको भातृ संगठन नेपाल महिला संघको चुनावबाट अम्बिका अधिकारी सभापतिमा विजयी हुनु भएको छ ।

२ प्यानल बीच प्रतिस्पर्धा भएको चुनावमा अप्सरा कोईरालालाई हराउँदै अधिकारी सभापतिमा र उहाँ कै प्यानलबाट सचिवको उम्मेदवार योगमायाँ तामाङ र कोषाध्यक्षमा सिता त्रिपाठी निर्वाचित हुनु भएको हो ।

अम्बीका अधिकारीले १ सय ४३ मत ल्याई विजय हुँदा उहाँ प्रतिद्वन्दी अप्सरा कोईरालाले १ सय २३ मत ल्याई पराजीत हुनु परेको थियो ।
निकै प्रतिपर्धा भएको महिला संघ धादिङको निर्वाचनमा ३ सय ७७ मत रहे पनि मतदान प्रक्रियामा भने २ सय ८१ मत मात्र खसेको थियो ।

महिला संघको चुनाव भएपनि सारमा नेपाली काँग्रेका जिल्ला हस्तिहरु जिल्ला पूर्व सभापति रामनाथ अधिकारी, सभापति रमेश धमलाको एक प्यानल र सभाषद दिलमान पाख्रिनको अर्को प्यानल बीच लडाइ भएको भनिएको यस निर्वाचनमा अन्ततः रमेश धमला प्यानलले जिते पछि दिलमान पाख्रिनलाई धक्का लाग्न पुगेको जानकारहरु बताउँछन् ।

यो पनि पढौ
महिला संघ धादिङको चुनाव, रमेश धमला र दिलमानको लडाई