हुन्डी कारोबारी १ करोड ७२ लाख रुपैयाँसहित पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, भदौ १३, २०७३

धादिङ भदौ १३

CgfXp4tUMAE44Oa

व्यापारको आवरणमा हुन्डी संचालन गरेको भन्दै महानगरिय प्रहरी अपराध महाशाखाले चारजनालाई १ करोड ७२ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

न्युरोड र प्युखा क्षेत्रमा पसल संचालन गर्दै आएका पवन सरावगी, मोहनमान श्रेष्ठ, कुमार राई र निर्दोष प्रसाईं, राजन पाैडेल, टलबहादुर तामाङ, अमित खरेल र राेहित दुलाललाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

खनालका अनुसार सरावगीबाट ६३ लाख ५० हजार, श्रेष्ठमा २० लाख, प्रसाईबाट १९ लाख, पाैडेलबाट ३२ लाख, तामाङबा६ ११ लाख,  खरेलबाट १२ लाख र दुलालबाट ५ लाख रकम बरामद भएको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

मनी चेन्जर, मनी ट्रान्फर र ट्राभल एजेन्सीको आवरणमा हुन्डी कारोबार हुने सूचनाको आधारमा महाशाखाले यसअघि न्यूरोड, दरबार मार्ग, ठमेल लगायतका क्षेत्रमा छापामारी २० भन्दा बढी कारोबारीलाई पक्राउ गरिसकेको छ ।