महिला संघ धादिङको चुनाव, रमेश धमला र दिलमानको लडाई

Avatar photo
Dhadingpost
सोमवार, भदौ १३, २०७३

धादिङबसी भाद्र १३ । नेपाली काँग्रेस धादिङको भातृ संगठन नेपाल महिला संघको चुनाव २ प्यानल बीच प्रतिस्पर्धा गरि सकिएको छ । चुनाव सकिएको छ तर चर्चा भने यतिबेला बजारमा रमेश धमलाले जित्ने हुन कि दिनमान पाख्रिनले भन्न छ ।

अप्सरा कोईराला र अम्बीका अधिकारी प्यानलको २ प्यानल बिच आज निर्वाचन सकिएको हो । अहिले नेपाली काग्रेस धादिङ कार्यालय आसपास कस्ले मार्लाबाजी खुबै चर्चा चल्न थालेको छ ।

निकै प्रतिपर्धा भएको भनिएको महिला संघ धादिङको ३ सय ७७ मत रहे पनि मतदान प्रक्रियामा भने २ सय ८१ मत मात्र खसेको छ ।

महिला संघको चुनाव भएपनि सारमा नेपाली काँग्रेका जिल्ला हस्तिहरु जिल्ला पूर्व सभापति रामनाथ अधिकारी, सभापति रमेश धमला र सभाषद दिलमान पाख्रिनको बीच लडाइ भएको बताईन्छ ।

रमेश धमला पक्षबाट अम्बिका अधिकारी नेतृत्वको प्यानल र दिलमानको तर्फबाट अप्सरा कोईराला नेतृत्वको प्यानल उम्मेदवारी दिएको बताईन्छ । मत अहिले केहि बेरमा गणना हुने बतार्ईको छ ।

भोट माग्न बनार्ईएको दुई प्यानलको पर्चा
mahila