मापदण्ड मिचेको घरहरुमा अब धमाधम डोजर चल्छ :मन्त्री केसी

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७३

धादिङ भदौ १२

arjun
सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले राष्ट्रिय भवन निर्माण आचारसंहिता विपरीत बनेका घरहरूभत्काउने घोषणा गरेका छन्। काठमाडौं उपत्यका लगायतका देशका सबैजसो सहरी क्षेत्रका अधिकांश घरहरू राष्ट्रिय भवन निर्माण आचारसंहिता विपरीतका छन्। सहरी विकास मन्त्री केसीले आचारसंहिताको कार्यान्वयनका लागि अप्रिय निर्णय आवश्यक पर्ने र आफू चाँडै नै त्यस्तो निर्णय लिने तयारीमा रहेको बताए।

केसीले आचारसंहिता देखाउनका लागि नभई कार्यान्वयनका लागि बनाइएको भन्दै आचारसंहिता विपरीत बनाइएका सबै घर भत्काउने घोषणा गरेका हुन्। रिपोर्टस क्लबले  काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री केसीले आचारसंहिताको पालनाका लागि घरधनीहरूलाई केही समय दिइने र दिइएको समयभित्र आफ्ना घरलाई आचारसंहिता दायराभित्र नल्याए सरकारले डोजर लगाएर भत्काउन सुरू गर्ने बताए।

सरकारले राष्ट्रिय भवन निर्माण आचारसंहिता बनाएको १२ वर्ष बितिसकेको छ। तर, आचारसंहिताको पालनामा सरकार र सर्वसाधारण उदासिन रहँदै आएका छन्।