धादिङ भदौ १०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको चण्डिभञ्ज्याङ गाविसमा शुक्रबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेको उद्धार, खोज र उपचारका लागि प्रशासन र पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
रौतहटबाट पोखरा जाँदै गरेको बस शुक्रबार चण्डिभञ्ज्याङको कालिखोला भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घाईतेको उद्दार, खोजबिन, उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशित गर्दछु।
प्रधानमन्त्री प्रचण्डले ट्वीट गरेका छन्, ‘त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको उद्धार, खोजबिन, उपचारका लागि प्रशासन र पार्टी पंक्तिलाई निर्देशित गर्दछु ।’