जोखिम ब्यबस्थापन सम्बन्धि ३ दिने तालिम किरान्चोकमा सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ७, २०७३

बिक्रम अधिकारी,
धादिङ किरान्चोक भाद्र ७ । एकीकृत बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन सम्बन्धि ३ दिने तालिम धादिङको किरान्चोक मा सप्पन्न भएको छ।

प्रकृतिक प्रकोप तथा बिपद पश्चात् जोखिममा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ र बिपद जोखिम कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयमा जानकारी दिनको लागि तालीम को आयोजना गरिएको हो।

गत आइतबार देखि संचालित तालीम मा बिपद ब्यबस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि स्थानीय लाई सु-सुचित गराउनुको साथै स्थानीय बिपद ब्यबस्थापन समिति र भाबी योजना को बिषयमा सहभागी हरुलाइ प्रस्ट्याइएको थियो।
तालिममा वडा नागरिक मञ्च का संयोजक, शिक्षक, बुद्धिजीवी, महिला लगाएत सरोकारवाला हरु को उल्लेख्य सहभागिता रहेको थियो। करिब ३२ जना सहभागि उक्त तालिम को सहजीकरण सेभ द चिल्ड्रेन को कार्यक्रम अधिकृत ॠतु खड्का, महिला तथा बालबालिका कार्यलय धादिङका सहायक महिला बिकास निरीक्षक सानूमाया भन्डारी, लगायतले गर्नु भएको थियो। तालीम निकै प्रभावकारी र फलदायी भएको भन्दै सहभागीले खुसी व्यक्त गरेका छन् ।