लोकप्रियता हैन संस्था सुधार्न चाहान्छु- उर्जा मन्त्री

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ७, २०७३

काठमाडौं, भदौ ७ । ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्युत महसुल नतिर्नेको लाइन काट्ने काम सिस्तो लोकप्रीयताका लागि नभइ सिस्टम सुर्धान भएको बताउनु भएको छ ।

मंगलबार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले कसैप्रति प्रतिशोध साँध्न र लोकप्रिय हुन आफुले उक्त निर्देशन गरेको होईन म विग्रियको सुतेको विद्युत प्राधिकरणलाई बुँधmाउन मात्र खोझेको बताउनु भएको थियो ।

उनले कसैको सिको गरेको वा लोकप्रिय हुन विद्युत लाईन काटेको भन्ने आरोपको खण्डन गर्दै भने, ‘प्राधिकरण विधीमा चल्नुपर्छ र ऋणबाट मुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो , प्राधिकरणसँगको छलफलसँगै महसुल नतिर्ने निकायको लाइन काट्न निर्देशन दिएको हुँ । ’

उहाँले पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको विद्युत लाइन काट्नेबारे आफूलाई पूर्वजानकारी नभएको नभएको र प्रतिसोध साध्न विद्युत नकाटिएको बताउनु भयो ।