धादिङबेसी भाद्र ६ । धादिङबेसीबाट मापदण्ड विपरित सामान विक्रि वितरण गरेको भन्दै धादिङबेसीबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
को-को हुन् पक्राउ पर्ने
सुर्य मल्ल,
विशाल राई
गौरी शंकार शाहा,
काजी श्रेष्ठ,
जंगबहादुर तामाङ
आज बिहान प्रमखु जिल्ला अधिकारी विश्वप्रकास सुवेदी सहितको टोलीले तरकारी, मासु र मिठाई पसल अनुगमनका क्रममा उनहिरुलाई पक्राउ गेरेको हो ।
पटक पटक मुल्य सुचि राखेर पसल संचालन गर भनेको सुझाव दिएको नमान्ने लाई कानुन बमोजिम कार्वाही गर्न निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी सुवेदी पसल पसल पसल आफै पुग्नु भएको थियो ।
पसल रहेको सटर पेटीमा खुल्ला रुपमा मासु बेच्ने संचालक ३ जना र अन्य २ मिठाई पसल संचालकहरु रहेका छन् ।