ग्रामिण क्षेत्रमा चल्ने पुराना गाडी रोक्न अखिल क्रान्तिकारीको माग

Avatar photo
Dhadingpost
आइतवार, भदौ ५, २०७३

धादिङबेसी भाद्र ५ । अखिल क्रान्तिकारी धादिङले धादिङका ग्रामिण क्षेत्रहरुमा पुराना बसहरु संचालन भएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

धादिङका विभिन्न व्यवासायीहरुले वर्षौका पुराना गाडीहरु ग्रामिण क्षेत्रमा मनलाग्दी भाडा लिई चलाई रहेको र दुर्घटनाको एउटा कारण पुराना गाडीहरु पनि भएको भन्दै तत्काल रोक्न प्रमुख जिल्ला अधिकारीसुवेदीलाई अखिल क्रान्तिकारी धादिङले ज्ञापान पत्र बुझाएर ध्यानाकर्षण गरेको हो ।

सिट संख्या वृद्धि गरी क्षमता भन्दा बढी यात्रु बोकी नागरीकको सुरक्षित यात्रामाथी गम्भीर खेलबाड गरेको भन्दै अखिल अखिल क्रान्तिकारी धादिङले जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको जिल्ला अध्यक्ष माधव छत्कुलीले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी सुवेदीलाइ बुझाईएको ज्ञापन पत्रमा धादिङ जिल्लामा संचालीत सार्वजनिक यातायात सेवाको गुणस्तर र सुरक्षमा समेत प्रश्न चिन्ह खडा भएको बताउदै यस्ता समितिबाट संचालन भएका ति पुराना गाडीहरु तत्काल हटाउने माग गरिएको छ ।

ज्ञापन पत्र मार्फत क्रान्तिकारीले धादिङबेसीबाट चल्ने अमराई हुदै मैदी, हुलाक भञ्झ्याङ हुँदैं चैनपुर, खरी, ढोला, ज्यामरुङ, सिक्टार, सुनौलाबजार, नलाङ लागायतका ठाउँहरुमा चल्ने सबै गाडीहरुमा प्रशासनले अनुगमन गरी लोक लगाउनु पर्ने बताएको छ ।
साथै गुणस्तरीय सवारी साधनबाट यातायात सेवा प्रदान गर्न र ग्रामिण क्षेत्रमा विद्यार्थीलाई छुट ४५ प्रतिशत लागु गर्न माग गरेको छ ।