उद्धव चेपाङ,
धादिङ गजुरी भाद्र ४ । पृथ्वी राजमार्ग अन्तरगत गजुरी वजारदेखी मलेखु बजारसम्मको राजमार्ग क्षेत्रको ८० घरधुरीमा चर्पी अनुगमन गरिएको छ ।
गजुरी गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त गा.वि.स. घोषणाका लागि चर्पी निर्माण तथा चर्पी अनुगमन गरिदा ५२ घरको चर्पी सिधै त्रिशुलीमा मिसाईएको पाईएको हो ।
गजुरी खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक मनचन्द्र धरलाको नेतृत्वमा बुधबार चर्पी अनुगमन कार्यक्रमगरिएको थियो ।
चर्पी अनुगमन कार्यक्रममा नेपाली काँग्रेसका भुमी कँडेल, नेकपा एमालेका शुक्ल उप्रेती,,माओावादी केन्द्रका सोमदास श्रेष्ठ, रा।प्र।पा नेपालका रामजी उप्रेती, रा।प्र।पा।का विनोद पाठक लगायतको उपस्थिति रहेको थियो ।
अनुगमन गरिएका घुरधुरी मध्ये ५२ घरधुरीले चर्पीको निकाश त्रिशुलीमा मिसाएको, २८ घरधुरीको चर्पी नभएको पाइएको छ । कार्यक्रममा चर्पी नभएको घर धुरीलाई चर्पी निर्माणका लागि आवश्यक सहयोग गर्न र त्रिशुलीमा चर्पीको ढल मिसाउने घरधुरीलाई चर्पीको सेफ्टी ट्यांकी निर्माणका लागि आवशयक सल्लाह दिईएको थियो ।
खुल्ला दिसामुक्त क्षेत्र घेषणा कार्यक्रमलाई प्रभावकारी वनाउनका लागि राजमार्ग क्षेत्रमा अनुगमन गरिएका ८० घरधुरीका व्यक्तिहरुसँग सरसफाई तथा स्वच्छता समन्वय समितिले आगामी ४ गते वैठक राखी आवश्यक छलफल गर्ने निर्णय भएको छ । गजुरी गाउँ विकास समितिको जम्मा घरधुरी मध्ये ८० प्रतिशत घरधुरीमा चर्पी निर्माण भई प्रयोगमा आएको शान्ति नेपालका फिल्ड अधिकृत शोभा चेपाङले जानकारी दिनुभयो । फाईल फोटो