धादिङबेसी भाद्र २ । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस सेन्टर धादिङको एकता वैठक सम्पन्न भएको छ ।
प्रेस सेन्टर ३ नम्बर प्रदेश सम्मेलन आयोजक समितिका सचिवलय सदस्य सुनिल खड्काको प्रमुख अतिथ्यतामा वैठक सम्पन्न भएको हो ।
वैठकले भाद्र ४ गते हुन गहिरहेको ३ नम्बर प्रदेस सम्मेलनको लागि प्रतिनीधि छनौट गर्दै संगठनलाई चुस्त दुरुस्त राख्न क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ बीचको एकतालाई संस्थागत गर्दै संगठनलाई बलियो बनाउन वैठक आयोजना गरिएको बतार्ईएको छ ।
प्रेस सेन्टर धादिङका अध्यक्ष नारायण सिलवालको अध्यक्षामा बसेको वैठकले पत्रकार महासंघ धादिङले ३ जना पत्रकारहरुलाई प्रत्रकार महासंघको नयाँ सदस्य लिनबाट बन्चित गर्दै ति तिन जना विक्रम अधिकारी उपेन्द्र जमकट्टेल र विश्वदिप डिसीलाई विभिन्न बहानामा केन्द्रमा सिफारिस नगरेकोमा आपत्ती जनाएको छ । वैठकले एक पटक महाँसंघलाई फेरि सिफारिस गर्न आग्रह गर्ने तर नमानेमा संघर्ष गरेर जाने समेत निर्णय गरेको छ ।
वैठकका विषेश अतिथिहरु माओवादी केन्द्रका सह ईन्चाज रामबहादुर भण्डारी, जिल्ला संयोजक विजय बुर्लाकोटी र सह संयोजक शुम्भु श्रेष्ठले प्रेस सेन्टर श्रमजीवि पत्रकारहरुको संगठन भएकोले उनीहरुको हरेक शब्द दृष्य, आवाज र लेखन वर्ग पक्षधरता सँग जोडिएको हुनु पर्ने बताउनु भएको थियो ।