पोखरा भदौ १
पोखराको सिमलचौरमा एक युवकले खुकुरी प्रहार गरी युवतीको हत्या गरेका छन् । बुधबार दिऊसो युवतीको कोठामा पुगि युवकले खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
युवतीको हत्या पछि आफुले पनि विष सेवन गरेको प्रहरीेले जानकारी दिएको छ । युवकलाई उपचारका लागि गएको छ भने युवतीको मृत्यु भइ सकेको प्रहरीले जानकारी दिएको । स्थानीयका अनुसार उनीहरु पुर्व पतिपत्नि हुन् । उनीहरुको केही महिना अगाडी डिभोस भएको थियो ।
युवती भाडामा बस्दै आएको कोठामा आएका युवकले कोठा बाहिर ल्याएर युवतीको खुकुरी प्रहार गरि हत्या गरेका थिए । युवतीलाई खुकुरी प्रहार पछि विष सेवन गरेका थिए । युवती कराए पछि स्थानीयहरु घटनास्थल पुगेका थिए ।
अहिले प्रहरीले घटनाको अनुसन्धान गरि रहेको उनीहरुको नाम र ठेगना खुल्न बाकि रहेको जनाएको छ । ।