गृहमन्त्री भदौ २ गते भारत जाने

Avatar photo
Dhadingpost
साउन ३२, २०७३
nidhi

भारतका लागि प्रधानमन्त्रीका विशेष दूत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि भदौ २ गते दिल्ली जाने भएका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले मंगलबार अपरान्ह गृह मन्त्रालयमा भारतीय राजदूत रञ्जित रे सँगको छलफलपछि आफ्नो दिल्ली भ्रमणको मिति तय गरेका हुन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले भारतीय राजदूत रेसँग आफ्नो भ्रमणलाई लिएर भारतमा भइरहेको तयारीका बारेमा जानकारी लिए। उनले भारतीय राजदूत रेलाई आफू भदौ २ गते दिल्ली जाने तथा ३ र ४ गते राजनीतिक नेतृत्वसँगको औपचारिक भेटवार्तामा सहभागी हुने जानकारी गराएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताए।

प्रधानमन्त्रीको विशेष दूतका रूपमा अर्का उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा सोमबार नै चीन प्रस्थान गरिसकेका छन्।