दार्खामा पहिरो २५ घरका १०० भन्दा बढी विस्थापित

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३२, २०७३

धादिङ दार्खा श्रावण ३२ । उत्तरी धादिङको दार्खा–८, धार्नामा पहिरो जाँदा २५ घरका १०० जना भन्दा बढी विस्थापित भएका छन् ।

धार्ना गाउँ भन्दा माथि करिब ४ किलो मिटर लम्बा र २ मिटर चौडा चर्किएकार गाउँ भन्दा तल पहिरो पुरै गाँउ विस्तापित हुन पुगेका हुन् ।
स्थानियहरु भोगटेनी प्राविमा ६ परिवारका २१ जना र लंगचेत गौचरणमा ७ वटा टेन्ट गाडेर ७ परिवारका २५ जनालाई सुरक्षित गराइएको छ ।

अन्य विस्थापितहरु छिमेकी गाउँ र आफन्तको घरमा आश्रय लिएर बसेको जानकारीमा आएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताउनु भयो । विस्तापितहरुलाई कहाँ कसरी राख्ने भन्ने विषयमा तयारी गरि रहेको समेत प्रजिअ सुवेदीले बताउनु भयो ।
फोटो: सामाजिक संजालबाट लिइएको हो