धादिङ साउन ३१
बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बझाङका लागि छुटेको ना ५ ख २८३२ नम्बरको सुदूरपश्चिम यातायातको बस बैतडीको सिद्धेश्वर ज्याफुमा दुर्घटना भएको हो ।
दुर्घटनामा ८ जनाको ज्यान गएको रिपोर्ट आएपनि पुष्टि भने भइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ जना यात्रु रहेको बस दुर्घटना हुँदा घाइते भएका १९ जनालाई उपचारका लागि डढेलधुरा लगिएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट काभ्रेको कोशिपारीका लागी छुटेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अहिलेसम्म ३१ वटा शव भेटिएको छ । उद्धारको काम भइरहेको घटनास्थलमा रहेका दुर्गावहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
अहिलेसम्म २० जनाको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाउने काम शुरु भएको पनि उहाँले जानकारी दिनुभयो । अस्थायी हेलिप्याड बनाएर हेलिकोप्टर मार्फत घाइतेलाई उपचारका लागि लैजाने प्रयास पनि भइरहेको त्यहीं रहेका विर्ता देउराली गाविसका सव इन्जिनियर नरेश कार्कीले जानकारी दिनुभयो ।