पिकनिक गएका एक युवक नदीमा डुबेर वेपत्ता

Avatar photo
Dhadingpost
सोमवार, साउन ३१, २०७३
धादिङ साउन ३१
काठमाडौंबाट त्रिशुली किनारमा पिकनिकका लागि आएका सल्यानका एक युवक त्रिशुलीमा डुबेर वेपत्ता भएका छन् ।गल्छी–नुवाकोट पासाङ्गल्हामु मार्गको गोगनपानी–१ स्थित गल्छीवगर रिसोर्टमा खानपिन गरेर ५ जना साथी त्रिशुली बगरमा गएर पौडी खेल्न तम्सेका थिए । त्रिशुली तर्फ हिँडेर जाँदै गरेको अवस्थामा भास्सिएर डुबेपछि वेपत्ता भएको वैरेनी स्थित प्रहरीले जनाएको छ ।
ललितपुर कुपण्डोलस्थित शोभा ईन्जिनियरिङ्गमा कार्यरत २६ वर्षीय विशाल घर्तीमगर आइतवार अपरान्ह काठमाडौंबाट पिकनिक खान आएका थिए ।
आइतबार साँझसम्म आदमघाटस्थित सशस्त्र प्रहरीले खोजतलास गरे पनि वेपत्ता घर्तीमगरको पत्ता नलागेपछि सोमवार चरौंदीस्थित रिसोर्टबाट जलयात्रा गर्ने साधनहरु मगाईएको वैरेनीका प्रहरी इन्चार्ज सुरेन्द्र यादवले बताए ।