धादिङ साउन ३०
धादिङको मूलपानी–३ मा पहिरो गएको छ । पहिरो गएसी अहिले गाउँले समस्यामा पर्नुका साथै त्रसित बनेका छन। शनिबार दिउँसो गाउँमाथिबाट पहिलो खसेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाउन सफल भएका छन ।
पहिरोमा परि मुलपानीको तीन वटा घरमा क्षति पुगेको बताइएको छ । १५ घर जोखिममा परेका छन् । बेलुका अबेरसम्म पहिरो खस्ने क्रम नरोकिएपछि बिस्थापितले छिमेकी गाउँमा शरण लिएका छन् । घटनाको थप विवरण आउन भने बाँकी रहेको छ ।