सलाङघाटमा रहेको होटल कृपाज्जली डोजर लगाई भत्तकाईयो

Avatar photo
Dhadingpost
आइतवार, साउन ३०, २०७३

धादिङ श्रावण ३० । सामुदायीक वन अतिक्रमण गरि संचालनमा आएको बेनिघाट गाविस वर्डा नं. ९ स्थित सलाङघाटमा रहेको होटल कृपाज्जली डोजर लगाई भत्तकाइृएको छ ।

अख्तियारले गत वर्षको असोज १२ नै भत्तकाउन ताकेता पत्र पठाई पठाई सकेको भएपनि राजनीतिक आडमा अटेर गरि संचालनरत रहेको होटल कृपाज्जली शनिवार जिल्ला वन कार्यालयले डोजर लगाई भत्तकाएको हो ।

होटल कृपाज्जली भत्काउने क्रममा रोक्न भरमग्दुर प्रयास गरिएको थियो तर अन्तत भवन भत्तियो । केहि दिन देखि जिल्ला वन कार्यालयले आफ्नो उपस्थिति सामान्य नागरिक सम्म पुर्याई रहेको छ जिल्लामा रहेको प्रतिष्ठित संस्थाहरु समेत सामुदायी वनमा भवन वनाई कार्यसंचालन गरेको र तिनिहरुलाई भवन खालि गर्न आग्रह गरि सकेको छ ।