थाक्रेमा प्रहरीले गर्यो नागरीक सुनुवाई

Avatar photo
Dhadingpost
शनिबार, साउन २९, २०७३

विकास भण्डारी
धादिङ थाँक्रे, साउन २९ । जिल्ला प्रहरी कार्यलय धादिङले थाँक्रे गाविसको महादेवसीमा नागरीक सुनुवाई कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा राजमार्ग क्षेत्रमा दुर्घटना परि हुने घाईतेलाई काठमाडौ स्थित ट्रमा सेन्टरमा लान प्रहरी नयव उपरिक्षक दिपेन्द्र पन्जियारले बताउनु भएको छ ।

राजमार्ग क्षेत्रका अस्पताल सँग कमिसन लिएर एम्बुलेन्सहरुले घाईते उपचारकालाई तिनै अस्पताल तिर लाने गरेको जनगुनासो आएकोले पन्जियारले घाईतेलाई ट्रमा सेन्टर लान एम्बुलेन्स संचालकहरुलाई आग्रह गर्नु भएको थियो । नागरीक सुनुवाई कार्यक्रममा प्रहरिले गरेका राम्रा तथा नराम्रा कामका गुनासो तथा जिज्ञासा राखिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धादिङका उपरिक्षक दिपेन्द्र पन्जियार र ईलाका प्रहरी कार्यालय खानिखोलाका ईन्चार्ज प्रहरी निरिक्षक यादब थापाले नागरीक सुनावाई कार्यक्रममा सहभागिबाट उठेका प्रश्नको जबाफ दिएका थिए।