धादिङ, महादेवस्थान साउन २८ । महादेवस्थान गाउँ विकास समितिको वडा नम्वर १ मासखर्कमा २ दिने तरकारी खेती तालिम आज समपन्न भएको छ ।
तरकारी खेतीमार्फत चेपाङ समुदायको आयाआर्जनमा वृद्दि गर्ने र चेपाङ बालबालिकामा कुपोषण न्यूनिकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरेको हो ।
शान्ति नेपालद्धारा सञ्चालित पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तरगत आयोजना गरिएको तालिममा शान्ति नेपालद्धारा गठन गरिएको मासखर्क सामुदायिक विकास समुहका २१ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिममा तरकारी खेतीको आवश्यकता तथा महत्व, नर्सरी व्यवस्थापन, जैविक मल तथा विषादीको निर्माण तथा प्रयोग र तरकारीमा लाग्ने रोग तथा किराको व्यवस्थापनका विषयमा सहजिकरण गरिएको थियो ।
यसै गरी करेसाबारी निर्माण गर्ने तरिका र करेसाबारीको आवश्यकता तथा महत्वका विषयमा पनिे सहजिकरण गरिएको थियो । तालिममा जिल्ला कृािष विकास कार्यालयका कृषि प्राविधिक विष्णु श्रेष्ठले विषय वस्तुमाथी आवश्यक सहजिकरण गर्नुभएको शान्ति नेपालका सन्चार सहायक उद्दब चेपाङले जानकारी दिनुभयो ।