माओवादी केन्द्र धादिङको एकता भेला सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, साउन २७, २०७३

धादिङबेसी साउन २७ । माओवादी केन्द्र धादिङको एकता भेला आज सम्पन्न भएको छ ।

जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भेला माओवादी केन्द्रका सचिवालय सदस्य हितबहादुर तामाङले उद्घाटन गर्नु भएको थियो ।

भेलालाई सम्बोधन गर्दै तामाङले एकताले माओवादी केन्द्रलाई नेपालको १ नम्बरको पार्टी बनाउन महत्वपूर्ण भु्मिका खेल्ने बताउनु भएको थियो । उहाँले प्रचण्डको नेतुत्वमा सरकार बने पछि जनमुखि काम हुने, राज्य पुनर संरचना र मधेसवादी दलहरुको सहमतिमा संघियताको मुद्धा टुङ्गिए माओवादी केन्द्र जनप्रिय पार्टी बन्ने डरले एमाले लगाएतका केहि दल अताल्लिएको समेत बताउनु भएको थियो ।

भेलामा माओवादी केन्द्र केन्द्रिय महादिवेशन आयोजक समिति सदस्यहरु बेदनीधि अधिकारी, विष्णु पुकार श्रेष्ठ, माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कटेल, सह इन्चार्ज रामबहादुर भण्डारी, जिल्ला संयोजक विजय बुर्लाकोटी, लगायतको आतिथ्यता रहेको थियो ।