विमलेन्द्र निधि भारत र कृष्ण बहादुर महरा चीन जाने

Avatar photo
Dhadingpost
बिहिबार, साउन २७, २०७३

धादिङ साउन २७

nidhimahara

 

 

 

 

 

 

 

सरकारले पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन दुई उप्रप्रधानमन्त्रीहरुलाई छिमेकी मुलुक भारत र चीन जाने भएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको हो ।

निधि र महरालाई कहिले पठाउने भन्नेबारेमा टुङगो लागि सकेको छैन। बैठकपछि उपप्रधानमन्त्री एवम् सरकारका प्रवक्ता महराले छिट्टै भारत र चीन जाने बताए ।

यसैगरी सरकारले कालोबजारी नियन्त्रण गर्न गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन पनि दिएको छ । कालोबजारी नियन्त्रण गर्न कानुनहरु अभाव भएको भए वा कारवाही सम्बन्धी व्यवस्था खुकुलो भए संशोधन गर्न कानुन मन्त्रालयलाई पनि मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।हाल बजारमा कालोबजारी र महङगी बढेको भन्दै सरकारमाथि आलोचना आईरहेको छ ।